• शनिबार-जेठ-२४-२०८२

संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनि’ सार्वजनिक 

सागर र मनिषाको अन्स्क्रिन प्रेमले भरिपूर्ण (भिडियो)

काठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन् ।

संगीत क्षेत्रमा आफैं लेख्ने, गाउने र संगीत दिने नवप्रतिभाका रूपमा उनी देखापरेका छन्।

 

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा सागर थापा ध्रुव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय रहेको छ। सागर र मनिषाबीचको अन्स्क्रिन प्रेम कथाले भिडियोको मुख्य भाव प्रस्तुत गर्छ। भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन् भने छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले सम्हालेका छन्।

 

भिडियो सम्पादनको जिम्मेवारी अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह-निर्देशनमा सैलेश त्साजनको योगदान रहेको छ।

 

चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘Sankalpa Shrestha’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन्।

 

निर्माण पक्षले भिडियो हेरेर सुझाव तथा प्रतिक्रिया दिन दर्शक-श्रोतालाई आग्रह गरेको छ। गायक श्रेष्ठको नयाँ प्रयासलाई सांगीतिक क्षेत्रमा स्वागतयोग्य कदमका रूपमा हेरिएको छ।

📺 भिडियो हेर्नुहोस्: 
📌 तपाईंको प्रतिक्रिया महत्वपूर्ण छ-हेरेपछि कमेन्ट गर्न नबिर्सिनुहोस्।

प्रतिकृया दिनुहोस