• शनिबार-जेठ-२४-२०८२

अमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

 

मुम्बई, २३ जेठ । बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन् ।
 

गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा पुगेका हुन् ।


सामान्यतया आमिर खानले उत्पादनमा भएको फिल्मको रिलीज पछि मात्रै आफ्नो नयाँ फिल्मका बारेमा निर्णय गर्दछन् । तर यस पटक भने अभिनेताले पहिले नै पाइपलाइनमा एक जोडी फिल्महरू राखिसकेका छन् । उनी आगामी फिल्म २० जुनमा ठूलो पर्दामा रिलिज हुँदैछ, आफ्नो चलचित्र ‘सितारा जमीं पर’ को तयारीमा उनी ब्यस्त रहेको बेला यो समाचार बाहिरिएको हो ।


हालै, दंगल स्टारले भारतीय सिनेमाका पिता भनेर चिनिने ‘दादासाहेब फाल्के’ को बायोपिकका लागि निर्देशक राजकुमार हिरानीसँग आफ्नो पुनर्मिलन घोषणा गरिसकेका छन् । र, अब उनले लोकेश कंगराजसँग अर्को प्रोजेक्ट कन्फर्म गरेका हुन् ।

 

लोकेश कनागराजसँग फिल्मको बारेमा सोध्दा अमिरले भने, ‘लोकेश र म एउटा फिल्ममा काम गर्दैछौं । यो सुपरहिरो विधाको हो । यो ठूलो स्तरको एक्सन फिल्म हो र २०२६ को दोस्रो हाफमा फ्लोरमा जानेछ ।

 

यो अफवाहहरू पनि थिए कि आमिर खान र राजकुमार हिरानीले पीकेः २ को बारेमा छलफल गरिरहेका छन र उनीहरू चाँडै सुटिङमा जाने हल्लाहरू पनि चलेको थियो । तर, उनले यसलाई अस्वीकार गर्दै यो अफवाह मात्र भएको बताएका छन् । यसै वर्षको अक्टोबरमा निर्माण सुरु हुने दादासाहेब फाल्केको बायोपिकपछि लोकेशको फिल्म सुरु हुनेछ ।

 

यसैबीच, आमिरले लोकेश कानागराजको सुपरस्टार रजनीकान्त अभिनित ‘कुली’ मा पनि केमियो रोल गरिरहेका छन् । जुन यस वर्षको अगस्ट १४ मा रिलिज हुँदैछ र यशराज फिल्म्सको ‘वार २’ सँग भिड्नेछ ।

 

 

प्रतिकृया दिनुहोस