काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । बिहीबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् ।
उनले भने, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौं । बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।’ प्राङ्गारिक मलको प्रवद्र्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए ।
अर्थमन्त्री पौडेलका अनुसार विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवद्र्धन गरिने भएको छ ।
चार करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस