• शनिबार-जेठ-१७-२०८२

सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन


काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।


बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् । 


उनले भने, जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको छ ।’


त्यस्तै सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने घोषणा समेत गरेको छ । 

प्रतिकृया दिनुहोस