• बिहीबार-जेठ-१५-२०८२

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

 

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अबरोध गरेका थिए ।

 

बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए । संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो । 

 

सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस