काठमाडौं, ११ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँग सहकार्य गर्दै ग्राहकलाई हवाई यात्रा गर्दा छुट, बोनस र क्यासब्याक सुविधा दिने ‘ग्लोबल स्काई क्लब कार्ड’ को शुभारम्भ गरेको छ ।
आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्डको सार्वजनिक अनावरण गरे ।
यस कार्डमार्फत यती एअरलाइन्सको टिकट किन्दा ग्राहकले पहिलो टिकटमा पूर्ण क्यासब्याक (निःशुल्क टिकट) पाउनेछन् । साथै हरेक टिकटमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट, १०० बोनस प्वाइन्ट, तथा ५ केजी अतिरिक्त सामान लैजाने सुविधा पनि उपलब्ध हुनेछ ।
ग्लोबल स्काई क्लब कार्ड प्रयोगकर्ताले डिजिटल कारोबार (POS वा E-commerce) मा प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट पनि प्राप्त गर्नेछन् । चेक-इन र बोर्डिङमा प्राथमिकता सुविधा समेत यो कार्डमा उपलब्ध छ ।
ग्लोबल आईएमई बैंकका प्रमुख रेग्मीले डिजिटल सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै गरिएको सहकार्यले बैंकिङ र हवाई सेवा क्षेत्र दुवैमा नयाँ ढोका खोल्ने बताए । यती एअरलाइन्सका प्रमुख सापकोटाले सेवा सुविधामा नवप्रवर्तन गर्दै दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक हाल देशभर १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ भने यती एअरलाइन्सले ७ वटा एटीआर विमानमार्फत वार्षिक १० लाख यात्रुलाई सेवा पुर्याउँदै आएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
प्रतिकृया दिनुहोस