• बिहीबार-जेठ-८-२०८२

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

 

बेइजिङ, ८ जेठ । न, पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् । 

 

इस्लामावादको विदेश कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सीपीईसी सम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री÷परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठक पछि गरिएको हो ।

 

दार बेइजिङको तीन दिने भ्रमणमा छन्, जुन भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके) मा आतंकवादी साइटहरूलाई लक्षित गरी अपरेसन वर्मिलियनु सुरु गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो । बैठक पछि ‘एक्स’ मा एक पोस्टमार्फत दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासको लागि एकसाथ खडा छन् ।’

 

उनले तीन नेता सँगैको तस्विर पनि सेयर गरेका छन् । ‘हामीहरू कूटनीतिक संलग्नता अभिवृद्धि गर्न, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।


अगाडी भनिएको छ, ‘उनी (चीन र अफगानिस्तानसमेत) ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउन र चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ बिज्ञप्तिमा अगाडी भनिएको छ । तर, भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको सो निर्माणको विरोध गरेको छ ।

 

साथै, विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै नै आपासी सुविधाजनक मितिमा काबुलमा हुने सहमति भएको छ ।
 

 

प्रतिकृया दिनुहोस