• बुधबार-जेठ-७-२०८२

सशस्त्र प्रहरीद्वारा एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद 

 

रौतहट । पर्सा सशस्त्र प्रहरीले ट्रामोल ५० एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित भकुवा नाकाबाट ८१ हजार ४९० ट्याब्लेट बरामद गरेको हो ।

 

भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलीलाई देख्नसाथ लागूऔषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए । 

 

फरार रहेका तस्करहरूको खोजी कार्य जारी रहेको उनको भनाइ छ । बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस