• बुधबार-जेठ-७-२०८२

पोखराबाट सुर्खेततर्फ जाँदै गरेको बस दुर्घटना, २५ जना घाइते


दमौली (तनहुँ), ६ जेठ . पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

 

पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् । चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । 

 

बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

दुर्घटनामा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका–२१ बस्ने २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २८ वर्षीय अशोक विकसहित २५ जना घाइते भएका छन् । 
---

 

प्रतिकृया दिनुहोस