• शनिबार-जेठ-३-२०८२

कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्

 

काठमाडौं, ३ जेठ । हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु¥याउन सक्छ ।

 

तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन् ।

 

मनतातो नरिवलको तेल : नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २–३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस् । यो तेलले कानमा जम्मा भएको इयरवाक्सलाई नरम बनाउँछ, जसले गर्दा सजिलै बाहिर निस्कन्छ ।


जैतुनको तेल : राति सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा हाल्नुहोस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस् । यसले इन्फेक्सनबाट पनि जोगाउँछ र कानको छालालाई मोश्चराइजसमेत गर्दछ ।

 

हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रण : हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस् । २–३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस् । हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस् ।


नुन र मनतातो पानी :  तातो पानीमा एक चम्चा नुन घोल्नु होस् । कपासको बलले कानमा केही थोपा हाल्नुहोस् र केही समयपछि सफा गर्नुहोस् । यो सस्तो र सरल समाधानले कानको कोमल सफाइमा मद्दत गर्दछ।

 

बाफ लिने : तातो पानीको बाफ लिनुहोस् वा तौलियाले आफ्नो टाउको छोप्नुहोस् ।  यसले गर्दा कानको फोहोर खुकुलो भएर आफै बाहिर निस्कन्छ । यो विधि पूर्णतया प्राकृतिक छ र कानलाई आरामसमेत दिन्छ ।
 

 

प्रतिकृया दिनुहोस