• शनिबार-जेठ-३-२०८२

शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवी (भिडिसहित)


काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

 

गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ ।

भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् । 

 

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेशनाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले  देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।  

 

भिडियो ः

 

 

 

 

प्रतिकृया दिनुहोस