• शुक्रबार-जेठ-२-२०८२

पाँचौ दिन लगातार घट्यो सेयर कारोबार

 

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार घटेको छ ।

 

 

बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ । 

 

 

२०८२ जेठ १ गते बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

 


जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

  

 

साताको पहिलो दिन गत आइतवार ११ अर्ब बढीको कारोबार भएको थियो ।
 

प्रतिकृया दिनुहोस