• बुधबार-जेठ-१-२०८२

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

 

मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । 

 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो ।

 

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो । 

 

उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले  संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट  पार्नुभयो । 

 
उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभयो । 

 

गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको  उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकाङ्क र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस