• आइतबार-बैशाख-२८-२०८२

महानिरीक्षक अर्यालद्वारा सशस्त्र प्रहरी बल नं. ३० गुल्म स्याङ्जाको निरीक्षण

 

स्याङ्जा, वैशाख २७ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बल नं. ३० गुल्म हेडक्वार्टर स्याङ्जाको निरीक्षण भ्रमण गरेका छन्।

  उक्त निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले गुल्ममा भइरहेको तालिम, शारीरिक तयारी, प्रशासनिक अवस्था तथा स्थानिय सुरक्षासम्बन्धी विविध पक्षको जानकारी लिएका थिए। उनले बलका जवानहरूलाई अनुशासन, इमानदारी र पेशागत दक्षताको महत्त्वबारे निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा उनले स्थानीय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आधुनिक तालिम र पूर्वाधार विकासको खाँचो औंल्याएका थिए। साथै, उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक सहयोग र समन्वयको प्रतिवद्धता पनि जनाएका छन्।

 

निरीक्षण भ्रमणमा सशस्त्र प्रहरी बलका अन्य उच्च अधिकारीहरू तथा गुल्मस्तरीय कमाण्ड प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस