जनकपुरधाम, वैशाख २७ – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला सङ्घ, नेपालले आफ्नो केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशन आज शनिबार जनकपुरधाममा आयोजना गर्दैछ।
मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र निधि सांस्कृतिक भवनमा आज दिउँसो १ बजे जसपाका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
महिला सङ्घकी केन्द्रीय अध्यक्ष एवं पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य निर्मला यादवका अनुसार महाधिवेशनमा सातै प्रदेशबाट करिब ३०० प्रतिनिधिहरूको सहभागिता रहनेछ।
महाधिवेशनको उद्घाटन सत्रमा जसपाका महासचिव तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, उपमहासचिव रेखा यादव, सचिव लिला सिटौला, कोषाध्यक्ष सुरिताकुमारी साहलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष निर्मला यादवले जानकारी दिइन्।
महाधिवेशनको बन्द सत्र २०८२ वैशाख २८ गते आइतबार हुने छ, जसबाट सङ्घको नयाँ नेतृत्व चयन गरिने आयोजकले जनाएको छ।
प्रतिकृया दिनुहोस