सिडनी, २७ बैशाख । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ ।
अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजाय पाए ।
गत मार्च २०२५ मा म्याकगिल १ किलोग्राम कोकेन मुद्दामा निर्दोष भए पनि अप्रिल २०२१ मा उनी उही कोकेन आपूर्ति मामिलामा दोषी पाइएको हो । सोही मुद्दामा शुक्रबार अदालतले उनलाई यस्तो सजाय सुनाएको हो ।
अस्ट्रेलियाका पूर्व लेग स्पिनर स्टुअर्ट म्याकगिललाई अप्रिल २०२१ मा एक किलो कोकिन बेचेको आरोप लागेको थियो। यस मुद्दाको सुनुवाइ सिड्नी जिल्ला अदालतमा भएको थियो। अदालतले म्याकगिललाई घटनामा संलग्न भएको मानेको छ तर उसलाई गिरोहको सदस्य भने मानेनन, जसका कारण ठूलो मात्रामा लागूऔषध तस्करी गरेको पुष्टि भएन ।
त्यसैले यस मुद्दामा अदालतले उनलाई एक वर्ष १० महिना सामुदायिक सुधार सेवा गर्न सजाय सुनाएको हो । यस अवधिमा उनले लागूऔषध सेवन नगरेको सुनिश्चित गर्न प्रत्येक दिन आफैँलाई जाँच गर्नु पर्ने हुन्छ ।
स्टुअर्ट म्याकगिल सन् २०२४ मा भएको एउटा घटनामा संलग्न थिए, जसमा उनको अपहरण भएको थियो । तर, अपहरण गर्ने दुई भाइले म्याकगिल आफैं आफू कहाँ आएको र लागूऔषध कारोबारमा संलग्न रहेको दाबी गरेका थिए । फक्स स्पोर्ट्सका अनुसार रिचर्ड र फ्रेडरिक स्याफ नामका उनका भाइहरूले अदालतमा म्याकगिल आफैं सिड्नीको दक्षिण–पश्चिमी क्षेत्रमा गएको आरोप लगाएका थिए ।
स्टुअर्ट म्याकगिलले अष्ट्रेलियाका लागि ४४ टेस्ट र ३ ओडिआई खेलेका छन् । उनले १८४ प्रथम श्रेणी खेलमा ७७४ विकेट लिएका छन् । म्याकगिल अष्ट्रेलियाका महान स्पिनर शेन वार्नका कारण लामो समय अष्ट्रेलियाबाट खेल्न सकेनन् । तर उनको तुलना शेन वार्नसँग पक्कै भएको थियो किनभने शेन वार्न त्यतिबेला अष्ट्रेलियाका नम्बर एक स्पिनर थिए ।
म्याकगिलले ४४ टेस्टमा २०८ विकेट लिएका थिए जबकी तीन एकदिवसीय खेलमा उनले ६ विकेट लिएका थिए ।
प्रतिकृया दिनुहोस