• शनिबार-बैशाख-२७-२०८२

भारत पाकिस्तान तनाव, कम्तीमा एक साताका लागि रोकियो आईपीएल

 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) एक साताका लागि रोकिएको छ । सम्बन्धित निकाय तथा सरोकारवालासँगको परामर्शपछि नयाँ तालिका र खेल हुने स्थानबारे जानकारी दिइने बिसिसीआइले जनाएको छ।

 

‘अहिलेलाई आइपिएल एक हप्ताका लागि मात्रै स्थगित भएको छ। त्यसपछि परिस्थितिको मूल्यांकन गरेर अर्को निर्णय लिनेछौं,’ बिसिसिआइ उपाध्यक्ष राजीव शुक्लाले भने।

 

भारत र पाकिस्तानबीचको तनाव बढेपछि बिसिसीआइले आइपिएल स्थगित गर्ने निर्णय लिएको थियो ।

 

पाकिस्तानी आक्रमणका कारण बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गरिएको थियो । धर्मशाला तथा नजिकैका विमानस्थल बन्द भएपछि दुवै टोली शुक्रबार बिहान बिसिसिआइलेले उपलब्त्रध गराएको विशेष रेलबाट दिल्ली फर्किका छन् । ।

आइपिएलमा हालसम्म ५८ खेल भएका छन् । जसमा धर्मशालामा रद्द गरिएको खेल पनि समावेश छ। अब लिग चरणका १२ खेल बाँकी छन् ।

 

प्रतियोगिताको लिग चरणमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पञ्जाब, दिल्ली, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबादले समान तीन तथा मुम्बई इन्डियन्स, कोलकाता नाइट्स राइडर्स, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले समान दुई खेल खेल्न बाँकी छ ।  

 

प्रतियोगितामा गुजरात र बेङ्लुरु समान १६ अंकका साथ शीर्ष दुईमा थिए । पञ्जाब तेस्रो, मुम्बई चौथो, दिल्ली पाँचौं कोलकाता छैटौं र लखनउ सातौं स्थानमा थिए ।

 

चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।

प्रतिकृया दिनुहोस