काठमाडौं, १६ बैशाख । हिजो राति भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको खेल खेलिएको थियो ।
यस खेलमा टस जितेर ब्याटिङ गर्दै गुजरातले २०९ रनको विशाल स्कोर बनायो । जुन खेलमा जीटीका लागि शुभमन गिल बाहेक जोस बटलरले अर्धशतकीय पारी खेलेका थिए ।
तर, यी दुई ब्याट्सम्यानको इनिङ्स १४ वर्षका खेलाडी वैभव सूर्यवंशीले ध्वस्त पारिदिए । उनले आईपीएल इतिहासमा दोस्रो द्रुत शतक बनाए। साथै, उनी आईपीएल इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् । आफ्नो शतकीय पारीका आधारमा उनले राजस्थानको जित सुनिश्चितसमेत गरे । अन्ततः खेल राजस्थानले ८ विकेटले जित्यो ।
पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । ओपनर साई सुदर्शनले ३० बलमा ३९ रनको इनिङ खेले । यसबाहेक शुभमन गिलले ५० बलमा ८४ रन बनाए । जोस बटलरले पनि २६ बलमा ५० रन बनाए । यी तीन ब्याट्सम्यान बाहेक गुजरातका अन्य कुनै खेलाडीले खास केही गर्न सकेनन् ।
गुजरातले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका वैभव सूर्यवंशीले आँधीबेहरी बनाए । ओपनरका रुपमा उनले पहिलो १७ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । यसपछि उनले मात्र ३५ बलमा शतक पूरा गर्न सफल भए । यसरी सूर्यवंशी आईपीएल इतिहासमा सबैभन्दा छिटो शतक पूरा गर्ने पहिलो भारतीय खेलाडी बने । योसँगै उनले ३७ बलमा शतक प्रहार गर्ने युसुफ पठानको कीर्तिमान तोडेका छन् ।
यसबाहेक उनी क्रिस गेलपछि आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो खेलाडीसमेत बनेका छन् । आफ्नो इनिङ्समा यी ब्याट्सम्यानले ११ छक्का र ७ चौका प्रहार गरेका थिए । तर, ११ दशमलव ५ ओभरमा प्रसिद्ध कृष्णले सूर्यवंशीको इनिङ्सलाई समाप्त गरिदिए ।
वैभवका अलावा यशस्वी जैसवालले पनि अर्धशतक बनाउन सफल भए । जैसवालले ४० बलमा ७० रनको उत्कृष्ट अविजित इनिङ खेले । ९ चौका बाहेक उनले २ छक्का समेत प्रहार गरेका छन् । अन्ततः राजस्थानले १५.५ ओभरमा २१२ रन बनाएर ८ विकेटले ऐतिहासिक जित दर्ता गरेको हो ।
प्रतिकृया दिनुहोस