• बुधबार-बैशाख-१०-२०८२

उर्जा राज्य मन्त्री तामाङ बर्खास्त, शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

 

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।

 

नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दीपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।

 

उता, तत्कालीन शिक्षा तथा प्रविधिमन्त्री बिद्या भट्टराईको स्थानमा रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन् । उनको भोलि राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ ।

 

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन् ।

 

यस अघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ । राष्ट्रपतिको कार्यालयको पत्र अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

 

यसअघि नेकपा एमालेकै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन् । उनको शपथग्रहण भोलि बिहीबार हुँदैछ । उनी परराष्ट्र मन्त्री आरजु राणा पछि आठौं बरियताक्रममा समावेश भएका छन् । 

 

यस्तै, प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा उनको नाम उल्लेख छैन् ।

 

 

प्रतिकृया दिनुहोस