• बुधबार-बैशाख-१०-२०८२

भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना


मुस्ताङ, १० वैशाख । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गर्नुभयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने क्रममा मुस्ताङमा । तस्बिर : सुशीलबाबु थकाली/रासस

 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र  १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गर्नुभएको थियो । 

 

त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो ।
–––

 

 

प्रतिकृया दिनुहोस