• बुधबार-बैशाख-१०-२०८२

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको जेठ १ गते साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस हुने

 

काठमाडौ, बैशाख १० । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको आगामी जेठ १ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

 

सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने भएको छ । सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ । 
 

 

प्रतिकृया दिनुहोस