काठमाडौं, ६ बैशाख । आज नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेदेखि सुरू हुनेछ । यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो ।
नेपालले पहिलो खेलमा यूएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो ।
गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो ।
लगातार तीन खेलमा जित हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुनेछ ।
प्रतिकृया दिनुहोस