काठमाडौँ । महानायक राजेश हमाल बेलायत जाने भएका छन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा अयोजना गर्न लागेको लाफ्टर फर लाइफ कार्यक्रममा सहभागी हुन हमाल युके जान लागेका हुन् । कार्यक्रममा हमालको उपस्थिति बिगतको भन्दा भव्य र पृथक हुने आयोजकले बताएको छ ।
प्राय दुई–तीन डायलग र एक–दुई नृत्यमा सिमित प्रस्तुती दिने हमालले यस पटक लण्डनका दर्शकका लागि भने फरक प्रस्तुतीका साथ स्ट्याण्ड अप कमेडी गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुन महानायकसंगै कमेडियन संदिप क्षेत्री र अतृप्त ब्याण्डका साथमा नविन के.भट्ट्राईले नयाँ पुराना गीत प्रस्तुत गर्नेछन् । स्ट्याण्ड अप कमेडीको लागि हमाललाई संदीप क्षेत्रीले साथ दिने छन् ।
साथै कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए अनुसार कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुको युकेको भिसा लागिसकेको छ । खुसी जीवन यापनका लागि हांसो महत्वपुर्ण थेरापी भएकोले विदेशको व्यस्त जीवनबाट केही समय निकालेर भए पनि हाँस्ने रमाउने उदेश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको आयोजक डाक्टर रक्षा थापाले बताइन् । साथै कार्यक्रममा उपस्थित हुन सम्पुर्णमा आह्वान गरिन् ।
त्यस्तै कार्यक्रमलाई स्तरीय बनाउन साउण्ड, स्टेज, भिडियो प्रोजेक्सन र लाइट्स्मा विशेष ध्यान दिने बेलायतका स्थापित साउण्ड इन्जिनियर हेम बिष्टले बताए । १२ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिन समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई ‘बेष्ट सन्डे नाइट’ बनाउन सबै बेलायतवासीलाई थापाको आग्रह छ ।
विष्टका अनुसार शुरुको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डकासाथ सांगीतिक प्रस्तुति दिनेछन् ।
प्रतिकृया दिनुहोस