• शनिबार-बैशाख-६-२०८२

पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति


इस्लामाबाद । बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ ।

 

भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ । इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ । 


सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो । नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।


 

प्रतिकृया दिनुहोस