• बिहीबार-बैशाख-४-२०८२

तेस्रो जितका लागि नेपालले हङकङसँग मैदानमा उत्रँदै

 

काठमाडौं, ३ बैशाख । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ ।

 

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।


बुधवार बिहान मुलपानी तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेवाट सो खेल सुरू हुनेछ ।

 

यसअघि ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो भने पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेर पहिलो जित निकालेको थियो ।


आज नेपाल तेस्रो जीतका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
 

प्रतिकृया दिनुहोस