• आइतबार-बैशाख-१-२०८२

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

 

काठमाडौँ, ३० चैत : काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

 

आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

 

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । 

 

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 
---

 

 

प्रतिकृया दिनुहोस