• शुक्रबार-बैशाख-५-२०८२

लागूऔषधसहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा


पश्चिम नवलपरासी, चैत्र २९ — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। भारतका स्थायी बासिन्दा रहेका अमरजित हरिजन (४५), कपिलदेव सहानी (२५) र दिलिप गौतम (२१) लाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको टोलीले यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १ सय ४९ वटा प्याकेटमा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो फेला पारेको हो। साथै उनीहरुको साथबाट अन्य सामग्रीहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

 

बरामद लागूऔषधसहित तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
 

प्रतिकृया दिनुहोस