काठमाडौँ, शुक्रबार, चैत्र २९, २०८१ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापछि अब सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले मोर्डन डायग्नोस्टिकमा स्वास्थ्य सेवा लिँदा २०% सम्मको छुट पाउनेछन्।
बैंकले यस्तो सहकार्यबाट ग्राहकलाई लाभ दिलाउनुका साथै नगद कारोबारलाई डिजिटल माध्यमतर्फ मोड्ने विश्वास लिएको छ। डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अभियानअन्तर्गत सिटिजन्स बैंकले समय–समयमा ग्राहकमैत्री सुविधा सार्वजनिक गर्दै आएको छ। छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध गराइएको छ।
सिटिजन्स बैंकले हालै विश्वप्रसिद्ध “बैंक अफ द इयर २०२४” को उपाधि जितेको हो। त्यस्तै, बैंकले नेपालमै पहिलोपटक फोनपे सँगको सहकार्यमा "सिटिजन्स फोनपे क्रेडिट कार्ड" नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र ऋण सम्वन्धी नम्बर सेवा लिन सकिने सुविधा पनि पहिलोपटक बैंकले सुरु गरेको हो।
देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत सिटिजन्स बैंकले १८ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ।
प्रतिकृया दिनुहोस