• शुक्रबार-बैशाख-५-२०८२

विश्वको सबैभन्दा महंगो 'निलाे हिरा' को हुँदैछ लिलामी

 

दुबई, २८ चैत ।  दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ । 

 

यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ । ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ ।

 

सोथबीजले आयोजना गरेको प्रदर्शनीमा जम्मा ८ वटा अद्वितीय हीरा प्रदर्शनमा राखिएको थियो, जसको कुल तौल ७०० क्यारेटभन्दा बढी छ । यी हीराहरूमा रातो, गुलाबी, पहेंलो र रंगहीन हीरा समावेश छन् तर सबैको ध्यान खिच्ने हीरा दक्षिण अफ्रिकाको दुर्लभ १० क्यारेट निलो हीरा हो । यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्ण नीलो हीरा मध्ये एक हो । अब मेमा हुने लिलामीमा यसको मूल्य २० मिलियन डलर सम्म जान सक्ने अनुमान गरिएको छ । यसको सौन्दर्यले विज्ञहरू र सङ्कलनकर्ताहरूलाई मंत्रमुग्ध गरेको छ।

 

खासमा सोथेबीको मध्य पूर्व दुबईका उपाध्यक्ष कटिया नोनु बोइसले विशेष नीलो हीरा लगाएकी थिइन्, जो कार्यक्रमको मुख्य आकर्षण बनेकी थिइन् । कातिया नौनौ बोइज २००८ देखि सोथबी कम्पनिको साथमा छिन् । उनी पहिलो पटक २०१५ मा दुबई आइन् र सोथबीको युएइको कार्यालय स्थापना गरिन् । 

 

उनले युनिभर्सिटी कलेज लन्डनबाट फ्रान्सेली साहित्यमा स्नातक गरेकी छिन् । दुबईलाई कला जगतको नयाँ केन्द्र बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन । उनको रूप र निलो हिरा लगाउने तरिका यति आकर्षक थियो कि सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा समेत यसको चर्चा हुन थाल्यो ।

 

सोथेबीको ज्वेलरी प्रमुख क्विग ब्रुनिङका अनुसार अबुधाबीलाई यस प्रदर्शनीको लागि छनोट गरिएको हो किनभने यहाँ हीराप्रति गहिरो समझ र स्नेह छ। यो एक क्षेत्र हो, जहाँ व्यापारी र हीरा सङ्कलक दुवै उपस्थित हुन्छन्। दुबईमा अन्तर्राष्ट्रिय ब्रान्ड र लगानीकर्ताहरूको उल्लेखनीय उपस्थिति छ ।

 

मे २०२५ मा भएको लिलामीमा सोथबीको यो अनौठो निलो हीरा २० मिलियन डलरभन्दा बढीमा बेच्ने लक्ष्य राखेको छ । यसका लागि उसले मध्यपूर्व, युरोप र अमेरिकाका सम्भावित खरिदकर्ताहरूसँग सम्पर्क गरिरहेको छ ।

प्रतिकृया दिनुहोस