• बिहीबार-बैशाख-४-२०८२

अछाम आगलागीमा सत्ताइस घर जलेर नष्ट

 

अछाम, २७ चैत : बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको  आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । 

 

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । 

 

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन  गरिने राससलाई बताउनुभयो । 
–––

 

 

प्रतिकृया दिनुहोस