कविता : काेसिस गर्दै गर...
कवि जी शाह
कोसिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ
अर्जुनको लक्ष्य राख निशाना खोज
मरुभूमिबाट पनि त पानी निस्किन्छ
मेहनत गर फूललाई पानी देऊं
सुक्खामा पनि फेरि फल निस्किन्छ
तागत जुटाउ हिम्मतलाई आगो देऊ
कमजोरको पनि फेरि बल निस्किन्छ
शिरमा उम्मीदलाई ज्यूँदै राख्ने गर
समुन्द्रबाट पनि त गंगाजल निस्किन्छ
काेसिस गर्दै जाऊ केही गर्दै जाउ
जे रोकेको छ अहिले भइ निस्किन्छ
काेसिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ
(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जी शाह हो ।)

कोसिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ
अर्जुनको लक्ष्य राख निशाना खोज
मरुभूमिबाट पनि त पानी निस्किन्छ
मेहनत गर फूललाई पानी देऊं
सुक्खामा पनि फेरि फल निस्किन्छ
तागत जुटाउ हिम्मतलाई आगो देऊ
कमजोरको पनि फेरि बल निस्किन्छ
शिरमा उम्मीदलाई ज्यूँदै राख्ने गर
समुन्द्रबाट पनि त गंगाजल निस्किन्छ
काेसिस गर्दै जाऊ केही गर्दै जाउ
जे रोकेको छ अहिले भइ निस्किन्छ
काेसिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ
(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जी शाह हो ।)
प्रतिकृया दिनुहोस