निमकाे पात आयुर्वेदमा अत्यन्त लाभदायक मानिन्छ। यसको औषधीय गुणका कारण विभिन्न स्वास्थ्य समस्यामा प्रयोग गरिन्छ। तर, यसको अत्यधिक प्रयोगले केही बेफाइदा पनि हुनसक्छ।
निमको पातकाे फाइदा
छालासम्बन्धी समस्यामा उपयोगी: निमको पात एंटीब्याक्टेरियल गुणले भरपूर हुन्छ, जसले एक्जिमा, डन्डिफोर र फोकाहरूको उपचारमा मद्दत गर्छ।
रक्तसफाइमा मद्दत गर्छ: यसले शरीरको रगत सफा गर्न भूमिका खेल्छ, जसले छालामा चमक ल्याउँछ।
मधुमेह नियन्त्रण: अनुसन्धानअनुसार निमकाे पातले रक्तमा चिनीको मात्रा घटाउन सहयोग गर्छ।
पेटका किराहरू हटाउन प्रभावकारी: पेटमा भएका हानिकारक किराहरू नष्ट गर्न यसको सेवन लाभदायक मानिन्छ।
कपालको स्वास्थ्य सुधार: निमको पातको रस वा तेलले टाउको सफा राख्छ, कपाल झर्ने समस्या कम गर्छ।
निमको पातकाे बेफाइदा
अत्यधिक सेवनले अपच हुन सक्छ: धेरै मात्रामा सेवन गर्दा पेट दुखाइ वा पाचनसम्बन्धी समस्या हुन सक्छ।
कम रक्तचाप भएकाहरूका लागि हानिकारक: निमले रक्तचाप घटाउने भएकाले लो ब्लडप्रेसर भएका व्यक्तिहरूका लागि यो जोखिमपूर्ण हुनसक्छ।
गर्भवती महिलाहरूले सेवन गर्न नहुने: गर्भवती तथा स्तनपान गराउने महिलाहरूका लागि निमको अत्यधिक सेवन हानिकारक हुनसक्छ।
एलर्जीको सम्भावना: केही व्यक्तिहरूलाई निमका पातले एलर्जी गराउन सक्छ, जसका कारण छालामा र्यास वा खुजली हुन सक्छ।
निमको पात प्राकृतिक औषधि भए पनि यसको प्रयोग गर्दा उचित परामर्श लिनु आवश्यक छ। सही मात्रामा प्रयोग गर्दा मात्र यसको फाइदा लिन सकिन्छ।
प्रतिकृया दिनुहोस