• मंगलबार-चैत-१२-२०८१

चितवनबाट काठमाडौँ आउँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना : एकको मृ त्यु, नौ घाइते

 

काठमाडौँ, १० चैत: काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।

 

चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५÷२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् ।

 

घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ । हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ---

 

 

प्रतिकृया दिनुहोस