• मंगलबार-चैत-१२-२०८१

रौतहट एसईई परीक्षा : ४ सय ६९ थान मोबाइल बरामद

परीक्षा संचालन भएको तीन दिनको अबधिमा १२ सय ३३ थान मोवाइल बरामद


रौतहट  । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोवाइल बरामद गरिएको छ ।


विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका  लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिएको हो । परीक्षा हलभित्र गार्डको रूपमा खटि आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले बताए । 


उनका अनुसार पक्राउ परेकाहरुसँग आवश्यक अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले कुन-कुन परीक्षा केन्द्रबाट गार्डलाई नियन्त्रणमा लिएको खुलाएको छैन । परीक्षा संचालन भएको तीन दिनको अबधिमा १२ सय ३३ थान मोवाइल बरामद भैइसकेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस