• आइतबार-चैत-१०-२०८१

प्रेस सेन्टर नेतृत्व विवाद: जुगल पछि हट्ने, अब कमल गिरी कि अरू काेही ?

 

काठमाडौं । माओवादी केन्द्रको निकट प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन प्रक्रियामा अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ अन्तत: पछि हट्ने भएका छन् ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमल गिरीलाई प्रेस सेन्टरको अध्यक्ष बनाउन जिम्मेवारी दिएपछि जुगलले पुनः अध्यक्ष बन्ने प्रयास गरेका थिए ।  तर, जब संगठनका इञ्चार्ज तथा जुगलका सहोदर काका अग्नि सापकोटाले प्रेस सेन्टरका एक दर्जनभन्दा बढी पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरे तब अधिकांश पदाधिकारीले जुगलले नेतृत्व गर्न नसक्ने सुझाव दिएकाे पत्रकारहरू बताउछन् ।

 

यसले संगठनभित्र जुगलको समर्थन कमजोर रहेको देखिएपछि पुनः अध्यक्ष बन्ने अभियानबाट पछि हटाउन स्वयं काका सापकोटा नै लाग्ने अवस्था बनेकाे प्रेस सेन्टरका पत्रकारहरू बताउछन् । अब उनले पार्टी अध्यक्षकाे निर्देशन अनुसार कमल गिरीलाई सहयोग गर्ने सम्भावना रहेको बताइएको छ ।

 

अध्यक्षमा कमल गिरीकाे सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना बढेसँगै अरू पदमा पनि सर्वसम्मतकाे सम्भावना बढेकाे हाे । गिरी  सर्वसम्मत बन्न नसकेमा सर्वसम्मतका नेतृत्वका लागि पार्टी र पत्रकारबीचमा साँघुकाे काम गर्न सक्ने क्षमतावान र सर्वस्वीकार्य  नयाँ उम्मेदवारकाे पनि खाेजी भइरहेकाे प्रेस सेन्टर स्राेतकाे दावी छ ।

 

वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र रावल र मनाेज घर्ती मगर, महासचिवमा सन्ताेष पाैडेल र दीपेन्द्र शर्मामध्येबाट ल्याउन सकिने सम्भावना छ ।
उपाध्यक्षमा विवेक शर्मा, रामसिंह ठगुन्ना, सुरेशचन्द्र अधिकारी, दीपक श्रेष्ठ जलन लगायतकाे चर्चा छ ।

 

पूर्व उपाध्यक्षहरू ओपेन्द्र शर्मा, गाेविन्द देवकोटा, निर्मल ज्ञवाली, लक्ष्मण खड्कासहितकाे टिमले विदाइ लिने मनस्थिति बनाएकाे प्रेस सेन्टरका पत्रकारहरू बताउछन् ।


यसअघि जनार्दन शर्माकाे पक्षबाट अध्यक्षकाे उम्मेदवारी दिने घाेषणा गरेका खड्कालाई शर्माकाेमा `इण्ट्री´ नदिएपछि उनी निराश बनेर जुगललाई नै दाेहाेर्याएर उपाध्यक्ष बन्ने भन्दै लागेका थिए । जुगलकाे वहिर्गमनसँगै उनी पनि बाहिरिने अवस्था उत्पन्न हुन लागेकाे छ ।

प्रतिकृया दिनुहोस