• आइतबार-चैत-१०-२०८१

आजबाट सुरु हुँदै आईपीएल, उद्घाटन खेल कोलकोत्तामा

 

काठमाडौं, ९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारबाट सुरु हुँदैछ । 


आजबाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा हुनेछ ।

 

शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बिचमा विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ ।

 

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आईपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ । यो संस्करणको आईपीएल १० हप्ता लामो हुनेछ ।

 

 

प्रतिकृया दिनुहोस