• आइतबार-चैत-१०-२०८१

मुगुम कार्मारोङ गाउँपालिकामा गोरु प्रयोग गरेर खेती (तस्बिरहरू)


मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १२ वटा बस्तीका नागरिकहरूले भिरालो र सागुरो जमिनमा खेती गर्ने परम्परागत तरिका अपनाएका छन् । यहाँको भौगोलिक स्थिती अत्यन्तै विकट र कठिन भएकाले कृषकहरूले गोरु प्रयोग गरेर अन्न उब्जाउने कार्यलाई प्राथमिकता दिएका छन् ।

 

मुगुम कार्मारोङ गाउँपालिकामा बस्तीहरू भिरालो, कठिन र समतल नभएको जमिनमा फैलिएका छन् । यस क्षेत्रका कृषकहरूले खेति गर्नका लागि सागुरो र छुचो भिरालो जमिनमा गोरु प्रयोग गरेर जमिन जोत्ने चलनलाई निरन्तरता दिइरहेका छन् । अन्न लगाउने जमीन जोत्नको लागि गोरु अनिवार्य रूपमा प्रयोग गरिन्छ, जसले खेतका बारीलाई राम्रोसँग जोत्न र तयार गर्न मद्दत पुर्याउँछ ।

 

तस्बिरहरु ः

 

तस्बिर : दान बहादुर बुढा, मुगु
 

प्रतिकृया दिनुहोस