मुम्बई, ९ चैत । हिन्दी सिनेमामा शीर्ष नायिकाको कमी छैन । अहिले ठूलो पर्दामा सक्रिय रहनेमा दीपिका पादुकोण, प्रियंका चोपडा, आलिया भट्ट, कट्रिना कैफ र करिना कपूर खानजस्ता अभिनेत्रीहरु छन् । तर के तपाईंलाई थाहा छ ? यी मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन को हुन् ?
बलिउडमा हिरो र हिरोइनको पारिश्रमिकको अन्तरको चर्चा प्रायः हुने गर्छ । हिरोइनले हिरोभन्दा कम पारिश्रमिक पाउँछन् तर कतिपय नायिका यस्ता पनि छन्, जसले यो मापदण्ड बदलेर आज आफ्नो चरित्र अनुसार हिरोको भन्दा बढी चर्को शुल्क लिइ रहेका छन् । यसअघि दीपिका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री थिइन तर अहिले उनको स्थान देसी गर्ल अर्थात प्रियंका चोपडाले लिएकी छिन् ।
बलिउडदेखि हलिउडसम्म विशेष गरी हलिउडमा काम गरेपछि आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी प्रियंका चोपडाको नेटवर्थमा उल्लेख्य वृद्धि भएको छ । आज उनी विदेशी फिल्मका लागि मात्र नभई हिन्दी फिल्मका लागि पनि ठुलो पारिश्रमिक लिइरहेकी छिन् । दीपिकाले कुनै पनि फिल्मका लागि लिएको भन्दा पनि आफ्नो आगामी फिल्मका लागि उनले निर्माताबाट बढी पैसा लिने गरेकी छिन् ।
प्रियंका चोपडाभन्दा पहिले दीपिका पादुकोण सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् किनभने उनले आफ्नो ब्लकबस्टर फिल्म कल्की २८९८ एडीका लागि २० करोड पारिश्रमिक लिएकी थिइन । तर, अहिले प्रियंका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । बलिउड हंगामाका अनुसार प्रियंका चोपडाले दिग्गज निर्माता÷निर्देशक एसएस राजामौलीद्वारा निर्देशित फिल्म एसएसएमबीः २९ को लागि करिब ३० करोड भारु लिएकी छिन ।
प्रियंकाले यति धेरै पारिश्रमिक मागेका कारण निर्माता अलमलमा परेका थिए तर अन्ततः उनलाई नै कास्ट गरियो। यदि यो सत्य हो भने प्रियंका बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन् । तर, यसअघि प्रियंकाले आफ्नो हलिउड वेब सिरिज सिटाडेलका लागि करिब ४१ करोड रुपैयाँ कलेक्सन गरेकी थिइन्, जुन कुनै पनि नायिकाका लागि ठूलो कुरा थियो ।
प्रियंका चोपडाले करिब २ दशकदेखि बलिउडमा काम गरे पनि अहिले हलिउड चलचित्रमा सक्रिय रहेकी छिन् । अब ६ वर्षपछि प्रियंका हिन्दी चलचित्रमा कम ब्याक गर्न लागेकी छिन् । अहिले उनी महेश बाबुसँग फिल्म एसएसएमबीः२९ को सुटिङ गरिरहेकी छिन् ।
प्रतिकृया दिनुहोस