• शुक्रबार-बैशाख-२६-२०८२

पेटको बोसो निरन्तर बढ्नुको कारण के हुन सक्छ ?

 

पेटको बोसो बढ्ने समस्या सबैलाई छ । महिला होस् वा पुरुष, सबैले पेटको बोसो घटाउन नयाँ तरिका खोज्ने गरेको पाइन्छ । जिम गरेर तथा खानपानमा कटौती गरेर कठोर जीवनशैली अपनाउने गरेको पनि पाइन्छ । यद्यपि, यसपछि पनि धेरैजसो अवस्थामा मानिसहरूको बोसो घटेको देखिँदैन । यस्तो अवस्थामा शरीरमा बोसो बढ्नुको कारण के हो भनेर जान्न हामी सबैको लागि धेरै महत्वपूर्ण हुन्छ । यसरी पेटको बोसो घटाउन सजिलो हुन सक्छ ।


पेटमा बोसो जम्मा हुनुको कारण के हो ?
खराब आहार :
 प्रशोधित खाना धेरै मात्रामा खाएको खण्डमा पेटको बोसो बढ्न सक्छ । यसको अतिरिक्त संतृप्त बोसोको सेवनले पेटको बोसो बढ्न सक्छ ।


व्यायामको कमी : शारीरिक रुपमा सक्रिय नभएको अवस्थामा पेटको बोसो बढ्न सक्छ । यसले शरीरमा अन्य धेरै साना–ठूला समस्याहरू पनि निम्त्याउन सक्छ । निष्क्रिय जीवनशैलीले पेट वरिपरि बोसो जम्मा हुन सक्छ ।


तनाव : दीर्घकालीन तनावले कोर्टिसोल नामक हर्मोनको उत्पादन बढाउन सक्छ । यसका कारण पेटमा बोसो जम्मा हुने जोखिम धेरै गुणाले बढ्छ ।


निद्राको कमी : निद्राको कमी र भोकको समस्याले हर्मोनलाई बाधा पु¥याउन सक्छ । यसले गर्दा पनि पेट बढ्ने समस्या हुन्छ । 


अत्यधिक चिनी : अत्यधिक चिनी सेवनले इन्सुलिन प्रतिरोध निम्त्याउन सक्छ । यसले पेटको बोसो बढाउन मद्दत गर्छ 


प्रशोधित कार्बोहाइड्रेट : प्रशोधित कार्बोहाइड्रेटल रगतमा चिनी र इन्सुलिनको स्तरमा वृद्धि ल्याउन सक्छ । यसका कारण पेटको बोसो धेरै गुणा बढ्न सक्छ ।


हर्माेन असन्तुलन : हर्माेनको समस्याले पनि निरन्तर पेट बढिरहेको हुनसक्छ । 


इन्सुलिन प्रतिरोधः शररीमा इन्सुलिन प्रतिरोधी हुन्छ, यसले पेटको बोसो बढाउन सक्छ ।


पेट बढ्ने र बोसो जम्ने अन्य विविध कारणहरु छन् । आनुवंशिक स्थिति, विभिन्न रोग लागेको अवस्थालगायत विविध कारणले यस्तो अवस्था सिर्जना हुनसक्छ । त्यसैले आफ्नो पेट निरन्तर बढिरहेका छ भने सर्वप्रथम के कारणले बढिरहेको छ जान्न आवश्यक छ । त्यसैगरी, यसरी पेट बढ्न नदिन सन्तुलित आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन र पर्याप्त निद्रा जस्ता जीवनशैलीमा परिवर्तन ल्याउनु महत्वपूर्ण हुन्छ । (साँघु साप्ताहिक, २०८१ चैत ४)
 

प्रतिकृया दिनुहोस