संयाेजक, बयाेबृद्ध नवराज सुवेदी(८६), राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र पुनर्स्थापनाको कमाण्डरमा पञ्चायत नीति तथा जाँचबुझ समितिका पूर्व अध्यक्ष बयाेबृद्ध नवराज सुवेदी(८६)लाई अगाडि सारेपछि राजापक्षधरहरू भाँडिएका छन् । आफ्नै शरीर धान्न नसकेर लठ्ठीकाे सहारामा हिंडडुल गर्ने 'लठ्ठी बाबा' सुवेदीलाई अगाडि सारेपछि राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोक्ने राप्रपा, राप्रपा नेपालसहितको ठूलो पंक्ति असन्तुष्ट बन्दै सुवेदी समितिबाट अलग भएका छन् । र, उनीहरु छुट्टै आन्दोलनमा सक्रिय हुन लागेका छन् ।
२०६१ साल माघमा पञ्चायतका डेटएक्स्पायर नेताहरू तुलसी गिरी र कीर्तिनिधि विष्टहरू बाेक्दा २५० वर्षकाे राजतन्त्रकाे जराेकिलाे नै समाप्त भएकाे अहिले फेरि त्यस्तै शैलीमा निर्मलनिवास देखिएकाे भन्दै राजतन्त्रवादीहरु नै अहिले पूर्व राजा ज्ञानेन्द्र शाहसँग असन्तुष्ट देखिन थालेका छन् । २०८१ चैत ६ गतेकाे राप्रपाको बैठकमा पनि याे विषय प्रकट भइसकेको छ ।
उनीहरुले सुवेदीको नेतृत्वमा रहेको तेस्रो जनआन्दोलन समितिसँग समन्वय नगर्ने मनसाय पनि राखेका छन् । हुन त, पूर्व राजाकाे हुकुम बमाेजिम राप्रपाका महामन्त्री धवल शम्शेर पार्टीकाे निर्णय नीति विपरीत प्रतिनिधि बनेर उक्त समितिमा रहेका छन् । यसले गर्दा राप्रपा पनि अध्यक्ष राजेन्द्र लिङ्देन र धवल शम्शेर राणामा विभाजित भएकाे छ ।
सुवेदीको समितिमा रमा सिंह, दुर्गा प्रसाई, रविन्द्र मिश्रलगायतका व्यक्तिहरु बसेपछि झन् समस्या भएको राप्रपा स्राेत बताउछ । विगतमा आफू राजतन्त्रकाे पक्षमा नरहेकाे भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिने रविन्द्र मिश्र निर्मल निवासकाे चाहना अनुसार उक्त समितिको सदस्यसचिव नै रहेका छन् । साथै, धवल शमशेर पनि राप्रपाकाे निर्णय विपरीत उक्त समितिमा रहेका छन् । शमशेर उक्त समितिमा बसेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कारवाही गर्न सजिलो पनि भएको छ ।
लिङ्देनसँग पार्टीमा दुईधार चलाइरहेका धवललाई कारबाही गर्न बाटो खुलेको हो र लिङ्देनले सुवेदीको समितिमा बसेका कारण राप्रपाको मुख्य जिम्मेवारीबाट हटाएका छन् । त्यसैगरी मिश्र पनि राप्रपाकाे निर्णय विपरीत बसेकाले विवादित भएका छन् । त्यसैले, पूर्वराजा ज्ञानेन्द्रका कारण राप्रपामा भाँडभैलो सिर्जना भएको छ भने कमल थापा नेतृत्वमा राप्रपा नेपाल पनि असन्तुष्ट देखिएको छ ।
अहिले सुवेदीको समितिमा भने दुर्गा प्रसाई हावी भएका छन् । राप्रपा र राप्रपा नेपालका नेताहरुलाई उल्टै आलोचना गरेर प्रसाईले आन्दोलनको मसिहाको रुपमा आफूलाई स्थापित गर्न प्रयास गरेका छन् ।
उमेर, स्वास्थ्य र संगठनको हिसाबले संयाेजक सुवेदीप्रति धेरै मानिस आन्दाेलन अगाडि बढ्नेमा आशावादी हुन सक्ने अवस्थामा छैनन् । पञ्चायत र राजतन्त्रलाई तिलाञ्जलि दिंदा चुँसम्म गर्न नसकेका त्यस्ता पात्रलाई अगाडि सारेर निर्मल निवासले राप्रपा र राप्रपा नेपालसहित अन्य राजतन्त्रवादीलाई अविश्वास गरेको अर्थमा हेरिएको छ । २०६१ साल माघमा पञ्चायतका डेटएक्स्पायर नेताहरू तुलसी गिरी र कीर्तिनिधि विष्टहरू बाेक्दा २५० वर्षकाे राजतन्त्रकाे जराेकिलाे नै समाप्त भएकाे अहिले फेरि त्यस्तै शैलीमा निर्मलनिवास देखिएकाे भन्दै राजतन्त्रवादीहरु नै अहिले पूर्व राजा ज्ञानेन्द्र शाहसँग असन्तुष्ट देखिन थालेका छन् । २०८१ चैत ६ गतेकाे राप्रपाको बैठकमा पनि याे विषय प्रकट भइसकेको छ ।
सुवेदीको समितिलाई अस्वीकार गर्नुपर्ने सुरुदेखि नै राप्रपामा आवाज उठेको छ । तर, वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवलशमशेर नै समितिमा बसेपछि राप्रपामा विभाजित मत देखिएको छ । अर्कातिर, केशरबहादुर विष्टले पनि सुवेदीको समितिलाई अस्वीकार गरेका छन् ।
त्यसैले सुवेदीको समिति भने नबन्दै झनझन समस्यामा परेको देखिएकाे छ । यसले गर्दा आन्दोलन गर्ने हैसियत र नैतिकता पनि गुमाएको राप्रपा र राप्रपा नेपालका नेताहरुले नै बताउन थालेका छन् ।
प्रतिकृया दिनुहोस