काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरिएको नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित विशेष समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्यालेन्डर सार्वजनिक गरे।
यस क्यालेन्डरमा दशकौं अघिको नेपाली समाज, रहनसहन र परम्परागत अभ्यास झल्काउने दुर्लभ तस्वीरहरू समेटिएका छन्। तस्वीरहरूले नेपालका सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको झलक प्रस्तुत गर्दै नयाँ पुस्तालाई विगतको जीवनशैलीबारे जानकारी दिने उद्देश्य राखेको छ।
क्यालेन्डर सार्वजनिक कार्यक्रममा अध्यक्ष ढकालले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरूलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। उनले नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको प्रवर्द्धन आवश्यक रहेको बताउँदै ग्लोबल आइएमई बैंकले विगतका वर्षहरूमा पनि नेपाली कला तथा संस्कृतिसँग सम्बन्धित विषयहरू समेट्दै क्यालेन्डर प्रकाशन गरेको स्मरण गराए।
समारोहमा बैंकका सञ्चालक समिति, उच्च व्यवस्थापन, बैंकका कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
साथै, बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, मध्यपूर्वी राष्ट्रलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रतिकृया दिनुहोस