• बिहीबार-चैत-७-२०८१

  रञ्जिता श्रेष्ठले नचाहेपछि जनमत र नागरिक उन्मुक्ति दलकाे एकता अघि बढ्न सकेन 

काठमाडाैं । सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीवीच पदीय भागबण्डामा सहमति जुटेको छैन । एकताको लागि जनमत र नागरिक उन्मुक्तिले प्रयास गरिरहेका भएपनि पार्टीको नाम, चुनाव चिन्ह र पदीय जिम्मेवारीमा समेत कुरा मिलिसकेको छैन । उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरी भने जसरी पनि एकतामा गईहाल्नुपर्ने अडानमा रहेका छन् ।

   सिके र रेशमकाे दल एक भएर प्रतिनिधिसभामा छैठाैं ठुलाे दल बन्दै ? 

चौधरीको जस्तै जनमतका सीके राउत पनि एकता छिटो गर्ने प्रयासमा रहेका छन् । तर, नागरपक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ भने अझै सहमत भइसकेकी छैनन् । स्रोतहरुका अनुसार, सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुनेगरी सहमतिको प्रयास भएको छ ।

 

साथै, पार्टीको नाम जनमत पार्टी नै राख्ने र चुनाव चिन्ह चाहिँ नागरिक उन्मुक्तिको लिने गरी पनि छलफल भएको छ । तर, सहमति भएको छैन । सहमति जुटाउने प्रयासमा रेशम चौधरीले नेताहरुलाई कन्भिन्स गर्ने प्रयास गरिरेका छन् । 


त्यसैगरी, नागरिक उन्मुक्तिले एकताको विषयमा छलफल गर्नका लागि नै चैत ८ र ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा छलफलपछि एकतामा जाने वा नजाने र जाने भए कसरी जाने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् । जनमतसँग एकता गर्ने पक्षमा रञ्जिता श्रेष्ठ नभएपनि उनका श्रीमान रेशम चौधरीको दबाबले गर्दा मात्रै अहिले प्रक्रिया अगाडि बढ्न लागेको हो ।

 

रञ्जिता श्रेष्ठ एकताको पक्षमा नभएका कारणले नै उन्मुक्तिले वार्ता समिति पनि बनाएको छैन । जनमतले भने केन्द्रीय कमिटी बैठकबाट उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाइसकेको छ । 

प्रतिकृया दिनुहोस