रामेछाप । रामेछापको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।
एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् ।
सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मत ल्याएर विजयी भएका छन् । नेविसंघका उम्मेदवार युवराज बुढाथोकीले १ सय ६५ ल्याएका छन् । अखिल (क्रान्तिकारी) की विनीता माझीले ७० पाएकी छिन् ।
कोषाध्यक्षमा अनेरास्वियुकी उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर विजयी भएकी छिन् । सो पदमा नेविसंघकी छाया तामाङले १ सय ३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत ल्याएका छन् ।
सदस्यमा अनेरास्वियुका उम्मेदवारहरू तुलसा उप्रेती¸ मनोज श्रेष्ठ¸ एलिना माझी र जीवन पहरी विजयी भएका छन् । एक जना सदस्यमा नेविसंघका कर्ण श्रेष्ठ निर्वाचित भएका छन् । कुल ५ सय ३१ मतदाता रहेको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस ४ सय २७ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस