• बिहीबार-चैत-७-२०८१

जङ्गलमा बाख्रा चराउँदै गर्दा लडेर एकजनाको मृत्यु



काँक्रेविहार (सुर्खेत), ६ चैत : जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । 

 

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो । 
–––

 

 

प्रतिकृया दिनुहोस