• बुधबार-चैत-६-२०८१

रणदीप हुड्डा ‘जाट’मा भयंकर देखिने,बढाए वजन र कपाल

 

मुम्बई, ६ चैत  । सन्नी देओल र रणदीप हुड्डा स्टारर आगामी फिल्म  ‘जाट’ हलमा रिलिजको तयारी अवस्थामा रहेको छ ।

 

फिल्ममा हुड्डाको चरित्रको नाम ‘रणतुंगा हो, जो निकै खतरनाक खलनायक हुन् । क्यारेक्टरको लागि तौल बढाउनुको साथै रणदीप हुड्डाले आफ्नो आवाजको उतार चढावमा पनि अद्भुत काम गरेका छन् । यो कुरा फिल्मसँग सम्बन्धित एक व्यक्तिले हालै खुलासा गरेका छन् । उनले रणदीपले आफ्नो शरिर र आवाजको रूपान्तरण कसरी गरे भन्ने बताएका छन ।


निर्माणसँग नजिक रहेको स्रोतले भन्यो,  ‘खलनायक होस् वा नायक, रणदीपले यसमा आफूलाई डुबाउँदै आएका छन् र यसलाई जीवन्त बनाउन कडा मेहनत गर्छन् ।’ खासमा ‘जाट’ फिल्ममा पनि यो भन्दा फरक छैन र उनले आफ्नो खलनायक रणतुंगालाई बलियो बनाउन सुरूको दिन देखि नै काम गरिरहेका छन्। उनले भने, ‘रणदीप हुड्डाले आफ्नो चरित्रका लागि आफ्नो कपाल बढाए र आफ्नो चरित्रलाई अझ खतरनाक देखाउन आफ्नो शरीरमा काम गरेका छन, उनी चरित्रमा पुरै डुबेका छन् ।’ 

 

रणदीपले ट्रान्सफर्मेसन गरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘सरबजीत’ र २०२४ मा रिलिज भएको फिल्म ‘स्वतंत्र वीर सावरकर’को भूमिकामा पनि उनले कडा मेहनत गरेका थिए । 


जाट फिल्म निक स्रोतले भन्यो, ‘सरबजीत होस्, स्वतन्त्र वीर सावरकर होस् वा अबको जाट नै किन नहोस्, रणदीप चरित्रलाई जीवन दिनदेखि कहिल्यै पछि हट्दैनन् । फ्यानले पनि उनको स्टाइल मन पराउँछन् । यसपटक पनि रणतुङ्गाको रूपमा फ्यानहरूले केही नयाँ र उत्कृष्ट पाउनेछन् ।’

 

रणदीपले यसअघि पनि नकारात्मक भूमिका गरेको जनाउँदै रणतुङ्गाको चरित्र भने निकै खतरनाक रहेको बताए । रणदीपले भने, ‘मेरा कुनै पनि नकारात्मक भूमिकाभन्दा रणतुङ्गा खतरनाक छन् । ऊ हिंसक, पागल र चीजहरूको बारेमा धेरै क्रूर छ।’

 

‘जाट’ गोपीचन्द मालिनेनीले निर्देशन गरेका हुन् । यसमा रणदीप हुड्डा, सन्नी देओलसँगै विनीत कुमार सिंह, सैयामी खेर र रेजिना क्यासान्ड्रा पनि महत्त्वपूर्ण भूमिकामा छन् । मैत्री मुभि मेकर्स र पिपल मिडिया फ्याक्ट्रीले निर्माण गरेको यो चलचित्र अप्रिल १० मा हिन्दी, तमिल र तेलुगु भाषामा हलमा रिलिज हुँदैछ ।

 

प्रतिकृया दिनुहोस