• बिहीबार-चैत-७-२०८१

यो हो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय सिमाना, जसको लम्बाइ ८५ मिटर मात्रै

 

काठमाडौं, ६ फागुन । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ ।

 

यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन् । तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाईं अलमलमा पर्नु हुन्छ । किनभने, त्यसैले यसको उत्तर धेरै कम मानिसलाई मात्रै थाहा छ ।


यस्तो अवस्थामा हामी तपाईंलाई बताउन चाहन्छौं कि संसारको सबैभन्दा छोटो अन्तराष्ट्रिय सीमाका बारेमा, जो केवल ८५ मिटर मात्रै रहेको छ । हो, स्पेन र मोरक्कोलाई जोड्ने एउटा सिमाना जम्मा ८५ मिटरको रहेकोछ । 

 

अझ तपाईंले यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यो एउटा सानो चट्टानसँग मात्रै जोडिएको छ ।


यस चट्टानको नाम ‘पेनोन दे वेलेज दे ला गोमेरा’ हो, जुन उत्तर अफ्रिकामा अवस्थित रहेको छ। यो चट्टान धेरै विशेष छ किनभने यो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय राष्ट्रिय सीमानाको एक भाग हो। यस चट्टानको क्षेत्रफल करिब १९ हजार वर्ग मिटर छ । सन १५६४ मा पेड्रो डे एस्टोपिनन, एक स्पेनिश जनरलले यसलाई कब्जा गरेका थिए, तब देखि यो स्पेनको एक हिस्साको रूपमा रहदैँ आएको छ ।

 

मोरक्कोले यसलाई धेरै पटक आफ्नो दाबी गरेको थियो तर स्पेनले भने यसलाई कहिल्यै छोडेन र मोरोक्कोको दावी अस्विकार गर्दै आयो । जसका कारण अहिले पनि स्पेनी सिपाहीहरू त्यहाँ बस्छन्, जसले यसको सुरक्षा गर्छन्। स्पेनको भूमि सीमा करिब २००० किलोमिटर लामो छ । यो अन्तर्राष्ट्रिय सीमा पोर्चुगल र फ्रान्ससँग छ । तर स्पेनको पनि धेरै देशहरूसँग सानो सीमाना रहेको छ, एन्डोरा, जिब्राल्टर (युनाइटेड किंगडम) र मोरक्कोसँगको जस्तै । 

 

यी मध्ये मोरक्कोसँगको यो सिमाना जम्मा ८५ मिटर छ, जो संसारको सबैभन्दा सानो सिमारेखा हो । यो सीमानाले मोरक्कोको तटसँग स्पेनको ‘पेनोन दे वेलेज  जोड्छ । यो चट्टान उत्तर अफ्रिकामा रहेको स्पेनको ती विशेष क्षेत्रहरू मध्ये एक हो । 

 

खासमा पहिले यो स्थान एउटा ठुलो चट्टानको टापु थियो। तर, १९३४ मा आएको बिनाशकारी भूकम्पले यसलाइ सानो बनायो, त्यसपछि यो टापु प्रायद्वीप बन्यो । त्यसयता यो ८५ मिटरको सिमानालाई विश्वको सबैभन्दा सानो सिमाना भनिँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस