• बुधबार-चैत-६-२०८१

यस्ताे छ अन्तरिक्षयात्री सुनिता विलियम्सको पारिवारिक जीवन

 

वाशिंगटन, ६ चैत । नासाको भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन ।

 

नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वी तर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएकाे हाे ।


खासमा दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो । 

 

यसैबीच, सुनिता विलियम्सको व्यक्तिगत जीवनको बारेमा धेरै मानिसहरु जान्न उत्सुक छन् । सुनिता विलियम्सको परिवारमा को को छन् ? अब त्यो हामी तपाईलाई बताउँछौं ।


सुनिता विलियम्सका पतिको नाम माइकल जे विलियम्स हुन । उनीहरुको विवाह भएको २० वर्ष भइसकेको छ । माइकल 'लाइम लाइट' बाट टाढा रहन्छन्। रिपोर्टका अनुसार माइकलले अमेरिकी मार्शलको रूपमा काम गर्दछन, जसले कानून कायम राख्न र न्यायपालिकाको सुरक्षाको लागि जिम्मेवार रहेका छन् । हेलिकप्टर पाइलटको रूपमा उनको अनुभवले जोखिम लिने र अनुशासनको गहिरो भावना प्रदान गरेको छ, यी गुणहरू जुन आफ्नी पत्नीको साहसिक अन्तरिक्ष क्यारियरसँग राम्रोसँग मेल खाने गरेकाे छ।

 

सुनिता विलियम्स र माइकल जे विलियम्सले एक अर्कालाइ पहिलो पटक १९८७ मा अन्नापोलिस, मेरील्याण्डको नौसेना एकेडेमीमा भेटेका थिए। नासामा आबद्ध हुनु अघि सुनिता विलियम्स हेलिकप्टर उडाउने गर्थिन । उनीहरुको मित्रता बिस्तारै प्रेममा परिणत भयो र उनीहरुले बिहे गर्ने निर्णयमा पुगे  । उनीहरुको विवाहमा परिवारका सदस्य र साथीभाइहरु सहभागी भएका थिए ।

 

रिपोर्टका अनुसार माइकलले पनि हिन्दू रीतिरिवाजहरू पछ्याउँछन् र सुनिताको आध्यात्मिक विश्वासलाई सधैं समर्थन गर्ने गरेका छन्। अन्तरिक्ष अभियानका क्रममा सुनिता विलियम्सले आफ्ना पवित्र हिन्दू धर्मग्रन्थसहित श्रीमद भगवद् गीता, ओमको प्रतीक र भगवान शिवको चित्र पनि बोक्ने गर्छिन् । 

 

सुनिता विलियम्स र उनका पतिको हालसम्म कुनै सन्तान छैन्  । तर, विलियम्सले यस अघि अहमदाबादकी एक केटीलाई धर्मपुत्र बनाउने इच्छा व्यक्त गरेका थिए। आवाज विहीनहरूप्रति उनको गहिरो माया पनि छ । गोर्बी नामको उनको ज्याक रसेल टेरियर पाल्तु कुकुर नेशनल ज्योग्राफिकको कार्यक्रम 'डग व्हिस्परर' मासमेत देखाइएको थियो ।

 

सुनिता विलियम्सको जन्म युक्लिड, ओहायोमा भएको थियो,  म्यासाचुसेट्सलाई उनको गृहनगर मानिन्छ। उनका बुबा दीपक पाण्ड्या गुजरातको मेहसाना जिल्लाका भारतीय-अमेरिकी न्यूरोएनाटोमिस्ट थिए, जबकि उनकी आमा उर्सुलिन बोनी पाण्ड्या स्लोभेनियाली अमेरिकी हुन् । सुनिता विलियम्स आफ्ना तीन दाजु भाइमध्ये सबैभन्दा कान्छी हुन् । सुनिता विलियम्सका भाइ जे थॉमस उनीभन्दा ४ वर्ष जेठी र बहिनी दीना अन्नाद ३ वर्ष जेठी छिन् ।


विलियम्सको पुर्खा परिवार भारतको झुलासनबाट अमेरिका आएको हो । विलियम्सले १९८३ मा निदहम हाई स्कूलबाट स्नातक गरेकी हुन् । उनले सन १९८७ मा अमेरिकी नौसेना एकेडेमीबाट भौतिकशास्त्रमा विज्ञानको स्नातक र १९९५ मा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ व्यवस्थापनमा मास्टर अफ साइन्स डिग्री प्राप्त गरेकी छिन् ।


अगस्ट २०२४ मा द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा माइकलले अन्तरिक्षमा काम गर्ने आफ्नो सहजता र सुनिताकाे समर्पणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई आफ्नी श्रीमतीको ‘खुसी ठाउँ’ भनेर वर्णन गरेका थिए ।

 

यसैबीच, न्यूज नेसनको एन्ड्र्यू कुमोसँगको अन्तर्वार्तामा सुनिता विलियम्सकी आमाले भनेकी थिइन्, ‘म उनलाई कुनै सल्लाह दिदिन किनभने उनलाई के गर्ने भन्ने सबै थाहा छ । उनी एक अनुभवी अन्तरिक्ष यात्री हुन् ।

 

 

प्रतिकृया दिनुहोस