संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह ०१ः१५ बजेवाट सुरू हुनेछ ।
संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र बन तथा बातावरण मन्त्रालयसँग सबन्धित मन्त्रीले जवाफ दिनेछन भने राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरणसबन्धी पत्रको ब्योहोरा जानकारी गराइनेछ ।
राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘सु शाषन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाहसबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने विधेयक, २०८१ र सहकारी सबन्धी केही नेपाल ऐनलाइ संसोधन गर्ने विधेयक, २०८१’ को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन ।
उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिंग कसुर तथा सजाय (दोस्रो संसोधन) बिधेयक, २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव र प्रतिानिधिसभावाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक, २०८० लाइ पारित गरियोस; भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिकृया दिनुहोस