• बुधबार-चैत-६-२०८१

प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिँदै

 

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

 

संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देबराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरणसबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । 

 

राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वबिधालय बिधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

 

गृह मन्त्री रमेश लेखकले ‘सशष्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाइ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त बिधेयक माथि प्राप्त संसोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।

 

साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


 

प्रतिकृया दिनुहोस