• सोमबार-चैत-४-२०८१

सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्कीले केही दिन यता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन् ।

 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालिगण्डकी नदी, गोकर्णेश्वरको बागमती खोला र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु आएकाले सुरक्षा निकाय नाजुक किन बनेको भन्दै प्रश्न गरेकी हुन् ।

 

उनले भनिन्, ‘केही दिनयता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले हाम्रो सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीलाई उजागर गरिरहेको छ । यही फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्तिनगरमा, कालिगण्डकी नदीमा, गोकर्णेश्वरको बागमती खोलामा र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु बाहिरिएको छ । धनुषामा पनि हत्याका विभत्स घटनाहरु अगाडि आएका छन् । प्रहरी हवल्दारकै ज्यान गएको  देखिन्छ । यस्ता घटनाहरुले  सरकारको  उपेक्षा, कमजोर सुरक्षा व्यवस्था र  आपलकालिन तयारीको कमीको संकेत गरिरहेको छ । यस्ता घटनाहरुले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको छ ।  हामीले कानुनी प्रवद्धनमा ढिलासुस्ती, अनुसन्धानमा कमजोरी रहेका कुरा र कार्यस्थलमा सुरक्षाका मापदण्ड अभाव भएका कुराले धेरै गम्भीर बनाएको छ । आर्थिक वर्ष २०७९÷८०  मा ५०१ जनाको हत्या भएको  देखिन्छ । त्यसको  मतलब हरेक तीन दिनमा पाँच जनाको मृत्यु भइरहेको अवस्था छ ।’


साथै उनले हरेक तीन दिनमा विभत्स पाँच जनाको हत्या भइरहेको बताइन् ।  उनले यस्ता घटनाहरुले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको समेत बताइन् ।
 

 

प्रतिकृया दिनुहोस